व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजियो:कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै आपत्ती जनाएको छ।

चौतर्फी विरोधका बाबजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नमिल्ने बताए।

सामाजिक सन्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने विषषमा कसैको विमती नरहेपनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको विज्ञप्तीमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन १७ जेठमा

सामाजिक सन्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको अर्को फड्कोको तयारी भएको भन्दै यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आग्रह समेत गरेको छ।