बेलायतमा प्रवेश गर्नेले ‘होटेल क्वारेन्टिन’ बस्नुपर्ने

सोमबारबाट बेलायत प्रवेश गर्ने सम्पूर्ण ब्रिटिस र आइरिस सिटिजन्स तथा यूके रेसिडेन्टस्हरुले अनिवार्य ‘होटल क्वारेन्टिन’ बस्नुपर्ने भएको छ।

कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका विश्वका ३३ वटा ‘रेड लिष्ट’ मुलुकबाट आउने यात्रुहरुको लागि बेलायतमा आजबाट अनिवार्य ‘होटेल क्वारेन्टिन’ को नियम लागू भएको हो।

नयां भेरिएन्ट संक्रमण नियन्त्रणका लागि केहि साउथ अमेरिकन र नयां भाइरस देखा परेका मुलुकहरुपोर्चुगल,ब्राजिल तथा साउथ अफ्रिकालगायतका मुलुकबाट आउनेहरुका लागि उक्त नयां नियम लागू गरिएको हो।

उक्त मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ। होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । यस रकमले होटल बसाइको खर्च,यातायात र कोरोना परीक्षणलाई समेट्नेछ।

अन्य सम्बन्धित समाचार:  साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

यदि १२ वर्षमाथिका मानिस साथमा भए एकजनाको ६५० पाउण्ड र ५ देखि १२ वर्षबीचको उमेरका लागि एकजनाको ३२५ पाउण्ड थप रकम तिर्नुपर्नेछ। अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन।

सोहि होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा कडा जरिवाना पनि घोषणा भइसकेको छ।