महानगरीय अपराध महाशाखाका प्रमुख फेरिए

काठमाडौं। गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा, बानेश्‍वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा गरेको छ।

गृहमन्त्री रामबहादुर थापाको निर्णयबाट थापाको महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्यालयमा सरुवा भएको हो।

गृहमन्त्री थापाले एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अन्य सम्बन्धित समाचार:  मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार