प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारी प्रहरी नियन्त्रणमा

बारा। जिल्लाको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारी पक्राउ परेका छन्।

प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा पक्राउ गरिएको हो।

योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई प्रहरीले आइतबारदेखि नियन्त्रणमा राखेको छ। नगर प्रमुख विजय शंकर यादवसँग यसअघि नै बयान लिइसकिएको प्रहरीले जनाएको छ।

उनीहरु विरुद्ध किर्ते हस्ताक्षर मुद्धामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।