नेपालमा १२२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ। आज १४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित आजसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ।

आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने यससँगै मृत्यु हुने कूल संख्या २ हजार ५५ पुगेको छ। हाल देशभर १ हजार ५८१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु