म्यानमार: सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्ष कैद

म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ। अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ।

‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ।

म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो। हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  म्यान्मार सैन्य कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह