अपहेलना मुद्दाः चार पूर्वप्रधानन्यायाधीशको तारिख फागुन ६ गते

काठमाडौं। सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशलाई अपहेलना मुद्दामा फागुन ६ गतेका लागि तारिख तोकेको छ। चार प्रधानन्यायाधीशलाई ’अदालत अपहेलना’ मुद्दामा फागुन ६ गतेका लागि तारिख तोकेको सर्वोच्च अदालतका सूचना अघिकारी देवेन्द्र ढकालले जानकारी दिए।

चार पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका थिए।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको थियो। सोही आदेशअनुसार लिखित जवाफ पेश गर्न सोमबार पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्की सर्वोच्च पुगेका थिए।

पूर्वन्यायाधीशहरुले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा त्यसलाई नियन्त्रित गर्ने चक्रव्यूह कहींकतैबाट रचिएछ भने पनि त्यसलाई सहन नसकिने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको आग्रह

साथै पूर्वप्रधानन्यायाधीशहरुले नेपालको संविधानको धारा १२८(४) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ आकर्षित हुने अवस्थाको विद्यमानता नभएको हुँदा विपक्षीको औचित्यहिन निवेदन खारेज गरी न्याय इन्साफ पाउ भन्दै सर्वोच्च अदालतसमक्ष लिखित जवाफ पेश गरेका छन्।