ओली महाराजा बन्‍न लालायित भए: कोइराला

सुनसरी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्‍न लालायित भएको आरोप लगाएका छन्।

सोमबार सुनसरीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता डा.कोइरालाले प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्‍न गरे । ‘के महाराजा बन्‍न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानुन हो भन्‍न खोजेको ?’ डा। कोइरालाले भने ।

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भुमिका न्विाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आएको बताए।

अन्य सम्बन्धित समाचार:  म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्ः प्रचण्ड

सरकारको असंवैधानिक कदमको विरुद्धमा आफुहरूले संवैधानिक इजलासमा बस्‍ने न्यायाधीशहरूलाई दबाब अथवा आग्रह नगरेको डा. कोइरालाको भनाइ थियो।