कार्यकर्तालाई कमल थापाको निर्देशनः युद्धस्तरमा चुनावको तयारीमा लाग्नुस्

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीका नेता, कार्यकर्ताहरुलाई युद्धस्तरमा चुनावको तयारी गर्न निर्देशन दिएका छन्।

सोमबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरेमा निर्वाचन हुने र त्यसका तयारीमा लाग्न निर्देशन दिएका हुन्।

थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई शसक्त ढंगबाट संचालन गर्नुपर्नेमा समेत जोड दिए।

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवस्यक रहेको जिकिर गरे।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले विरोधी गठबन्धनलाई परास्त गरौंः सुर्य थापा