श्रीमतीको हत्या गरी श्रीमान फरार

इलाम। इलाममा श्रीमतीको हत्या गरेर श्रीमान फरार भका छन्। जिल्लाको सूर्योदय नगरपालिका–५ गोरखका दिनेश तामाङले १९ वर्षीया गीता तामाङलाई चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

आइतबार राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमतीको हत्या गरेको मृतकका दाजु राजेश कार्कीले बताए। घटना लगत्तै स्थानीयले गम्भीर घाइते गीतालाई फिक्कल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाकारी दिए।

शवलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ। दिनेशको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। मृतकको शरीरभरि नै नीलडाम रहेको र टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अझै उठेन ३ बालकको शव