चार जना एसएसपीको काज सरुवा

काठमाडौं। गृह मन्त्रालयले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा गरेको छ। सोमबार गृह मन्त्रालयले चार जना एसएसपीको काज सरुवा गरेको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए।

महानगरीय अपराध महाशाखाको प्रमुखमा चन्द्रकुवेर खापुङको सरुवा भएको छ। अपराध महाशाखाका एसएसपी दिपक थापाको भने प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएको छ।

थापाको गत वैशाख १२ गते महाशाखा सरुवा भएको थियो। यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी मधुसुदन लुइँटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको कुँवरले बताए।

यसैगरी बाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी हरिराज वाग्लेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ