देशभरका सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन रोक

काठमाडौं। सरकारले देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन रोक लगाएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ तयार गरेको छ। केन्द्रले तयार पारेकोे विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिकाको ‘मेनु’मा क्षेत्रगत आधारमा विभिन्न थरिका खाजाको विवरण प्रस्तुत गरेको छ।

यस्तै कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य स्थानका विद्यार्थीलाई १५ रुपियाँका दरले रकम उपलब्ध गराइन्छ। कार्यक्रमबाट देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थीले निःशुल्कमा विद्यालयमा दैनिक खाजा प्राप्त गर्नेछन्।

यसका लागि सरकारले सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रकम विद्यालयमा पठाइसकेको छ।

अन्य सम्बन्धित समाचार:  बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि