म्यानमार: सेनाद्वारा फेरि इन्टरनेट सेवा बन्द, विरोध जारी

म्यानमारको सेनाले आफ्नो विरोधमा भईरहेका विरोधलाई दबाउनका लागि इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाउने क्रम जारी राखेको छ।

निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिउको सेनाले लगातार दोस्रो राती (मंगलबार) पनि अधिकांश क्षेत्रमा सेनाले इन्टरनेट सेवा अवरुद्ध गरेको हो।

बेलायतमा आधारित अनुगमन संस्था नेटब्लक्सका अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे (नेपाली समय अनुसार (सोमबार राति सवा १२ बजे) देखि इन्टरनेटमा म्यानमार सेनाले लगभग पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गरेको छ।

फेब्रुअरी १ मा सेनाले नेतृ आङ साङ सूकीसहितका निर्वाचित नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएपछि चौथो पटक लगभग पूर्ण रुपमा इन्टरनेटमा प्रतिबन्ध लागेको हो।

सेनाले सञ्चारमाध्यमहरुका अनलाइन संस्करणमा पनि सर्वसाधारणको पहुँचमा रोक लगाएको छ। सैन्य कू विरुद्ध लगातार सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहित प्रदर्शनमा उत्रिएपछि सेनाले इन्टरनेट सेवा बन्द गर्नेसहितका उपाय अपनाएको हो।

अन्य सम्बन्धित समाचार:  इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु