प्रिमियर लिग: चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं। लण्डन क्लब चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ। सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सीले लिभरपुललाई अंकतालिकामा पछि पारेको हो।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरुड र टिमो वेर्नरले पहिलो हाफमा गोल गरे। जिरुडले ३१औं र वेर्नरले ३९औं मिनेटमा गोल गरे।

जितपछि चेल्सीले २४ खेलबाट ४२ अंक जोडेको । शेफिल्डलाई ३-० ले पराजित गर्दै चेल्सी समान ४२ अंक नै जोडेको वेष्टहम गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ।

वेष्टहमका लागि डेक्लान राइस, इशा डिओप र राएन फ्रेडेरिक्सले एक एक गोल गरे। समान खेलबाट ४० अंक रहेको साविक विजेता लिभरपुल छैटौं स्थानमा झरेको छ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः आजपनि दुई खेल हुँदै