महिला लिग : चन्द्रपुर र चौदण्डीगढी खेल्दै

काठमाडौं। राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ। खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ।

लिग अन्तर्गत सोमबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन्। एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १-० गोल अन्तरले हरायो।

राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट मात्रै एक अङ्क टाढा रहेको छ। एपीएफलाई पछ्याइरहेको आर्मीले अर्को खेल जितेमा एपीएफले अन्तिम दुई खेलमा एकमा जित निकालेमा च्याम्पियन बन्नेछ। यदि आर्मीले अर्को खेल बराबरी खेलेमा एपीएफ अहिलेको अवस्थामा नै च्याम्पियन बन्नेछ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिग: पोखरा र चितवनलाई प्लेअफको दवाव