आजदेखि एमिकस क्युरीको बहस हुँदै

विघटन मुद्दा

काठमाडौं। प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएसँगै आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेका हो।

एमिकस क्युरीको बहसपछि निर्णय आउने छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिश कृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यकासाथ स्वतन्त्र विचार राख्नेछन्।

सोमबार रिट निवेदकबाट जवाफी बहस सकिएको थियो। यसअघि, सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसकेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रीपरिषद् बैठक आज बस्दै