प्रतिनिधिसभा विघटन मुद्दा: एमिकस क्युरीकाे राय सुरु

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न सुरु गरेको छ।

सोमबार रिट निवेदकको जवाफ सकिएपछि मंगलबारबाट अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय राख्न सुरु गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले एमीकस क्युरी गठन गर्ने फैसला गरेको थियो।

जसमा नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमीकस क्युरीमा चयन भएका थिए।

नेपाल बार एसोसियसनको तर्फबाट एमीकस क्युरीमा रहेका कानुन व्यवसायी बद्रीबहादुर कार्कीले राय दिन सुरु गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक जारी