तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

सामूहिक

कास्की। तास खेलिरहेको अवस्थामा ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पोखरा महानगरपालिका९३ नदिपुरस्थित दिलमाँया दाहालको घरमा तास खेलिरहेको अवस्थामा भारत घर भई हाल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति पक्राउ गरेको हो।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाइएको छ। प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  राजस्व हिनामिना आरोपमा मालपोतका तत्कालीन लेखा अधिकृत पक्राउ