दोस्रो टेस्टमा भारतको जित

काठमाडौँ। इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मंगलबार ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६४ रनमै अलआउट भएपछि भारतले ३१७ रनको फराकिलो जित हात पार्न सफल भएको हो।

इंग्ल्याण्डलाई अलआउट गर्न भारतका डेब्यु स्पिनर अक्षर पटेलले पाँच विकेट लिएका थिए। उनले पहिलो पालीमा दुई विकेट लिएका थिए। त्यसैगरी रविचन्दन आश्विनले तीन तथा कुलदिप यादवले दुई विकेट लिए। इंग्ल्याण्डका मोइन अलिले ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता