नेपालमा प्रयोग गरिएको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा प्रयोग गरिएको कोभिशील्डसहित भारतको सीरम इन्स्ट्यिूट अफ इन्डियाको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई अनुमति दिएको छ।

डब्ल्यूएचओले एक विज्ञप्तिमा ती खोपका गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपश्चात् सूचीकृत गरिएको जनाएको छ। अब ती खोपहरू कोभ्याक्समार्फत् वितरण गर्न योग्य भएका छन्। कोभ्याक्सअन्तर्गत नेपालले फेब्रुअरीको अन्त्यतिर साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने विवरण आएका छन्।

ती खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता एवं भण्डारण अवस्था अध्ययन चार हप्तामा गरिएको डब्ल्यूएचओले जनाएको छ। ती खोपहरूको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई कार्बन उत्सर्जन कटौतीबापत ५ अर्ब