काठमाडौं। नेकपाका दुई पक्षका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ। सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षका विद्यार्थीबीच झडप भएको हो।
क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीका अनुसार झडपमा परी प्रचण्ड–माधव पक्षका दीपक बस्नेतको दाँत भाँचिएकोे हो। कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले जनाकारी दिए।