मध्य प्रदेशमा यात्रु बस दुर्घटना: मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं। भारतको मध्य प्रदेशको सीधी जिल्लामो यात्रुबस पुलबाट नहरमा खस्दा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। ५४ जना सवार बस पुलबाट नहरमा खसेको थियो जसमा ३९ जनाको शव निकाली सकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बसबाट एनडीआरफ(एसडीआरएफ, स्थानीय प्रशासनले अझै पनि नहरमा खसेकाहरुको उद्दार तथा खोजी कार्य गरिरहेका जनाइएको छ। उक्त दुर्घटनामा मर्नेहरु अधिकांश विद्यार्थीहरु रहेका छन्। ५४ यात्रीहरु बोकेर उक्त बस सीधीदेखि सतनातर्फ गइरहेको थियो। तर बाटोमा बलेरो गाडिलाई साइड दिन लाग्दा बस नहरमा खसेको थियो।

साथै उक्त दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय आपतकालिन कोषबाट मृतकको परिवारलाई दुई–दुई लाख दिने बताएका छन्। त्यसैगरी घाइते भएकाहरूलाई ५० हजार सहायता उपलब्ध गराउने मोदीले ट्वीटर मार्फत जानकारी दिएका छन्। 

अन्य सम्बन्धित समाचार:  चक्रवातमा परी मुम्बइमा १२७ जना हराए