खेतमा महिलाको शव फेला, श्रीमान् फरार

माेटरसाइकल

धनुषा। धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ। जिल्लाको  कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ। 

हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीका इन्पेक्टरहिरेन्द्र रोकायाले बताए।

बिहान स्थानीय एक युवक दिसा गर्न घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्दा संगीतालाई मृत अवस्थामा देखेपछि गाउँमा खबर फैलिएको थियो। संगीतालाई हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको आशंका छ। 

प्रहरी निरीक्षक रोकायाका अनुसार संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बलात्कारीलाई १८ वर्ष कैद र १० हजार क्षतिपूर्ति