शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्ः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गरेकी हुन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डको समुहमा लागेपछि बादलले स्वकीयसचिव तामाङलाई हटाए