देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा आज देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ। उनीहरु मध्ये २ लाख ६९ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित रहेका छन्। जसमध्ये ९७६ जना होम आइसोलेसनमा, ६३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु