आगलागीमा परी लाखौँ क्षति

आगलागी

महोत्तरी। महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा आज आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ।

पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट हुँदा रु पाँच लाख बढीको क्षति भएको छ। उक्त आगलागी प्रहरीचौकी सीतापुरबाट खटि गएका प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो।

अन्य सम्बन्धित समाचार:  रेल सञ्चालन झनै अनिश्चित