कांग्रेसको विरोध सभामा ओली पक्षद्वारा आक्रमण, तीन जना घाइते

बैतडी। बैतडीमा नेपाली कांग्रेसले गरेको विरोध सभामा ओली पक्षको आक्रमणबाट कांग्रेसका नेता तथा कार्यकर्ता गरि तीन जना घाइते भएका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार भएको सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले ढुंगामुढा गरेका थिए। सोही ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदलाई चोट लागेको छ।

नेकपा ओली पक्षका ‘केन्द्रीय सदस्य’ सदस्य सुरेन्द्रपाल सहित १५–२० जनाको समुहले आक्रमण गर्दा साउँद सहित तीन जना घाइते भएका जनाइएको छ। उक्त आक्रमणपछि १ घण्टा विरोध सभामा अवरुद्ध भएको थियो। घाइतेहरुको अवस्था सामन्य रहेको छ। प्रहरीले आक्रमण गर्नेहरुको खोजी गरिहेको छ। उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ