सपना रोका मगरलाई धम्क्याउने बस्नेत पक्राउ

काठमाडौं। बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ। बस्नेत विरुद्ध मगरले आइतबार अभद्र व्यवहारको मुद्धामा जाहेरी दर्ता गराएकी थिइन्।

बस्नेतले युट्युबमा सपनाका नग्न तस्वीर देखाइदिने भन्दै धम्की दिएका थिए। उनले सपनाका नग्न तस्वीरहरु आफूसंग पेनड्राइभमा भएको जानकारी दिएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएपछि उनीविरुद्ध मुद्धा दर्ता भएको हो। यसअघि सपना र बस्नेत मिलेर वेवारिसे शव जलाउने काम गर्थे। बुवा छोरीका रुपमा यसअघि प्रस्तुत हुँदै आएका उनीहरुबीच पछिल्लो समयमा तिक्तता आएको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने