बलात्कारपछि भागरथीको हत्या गर्ने प्रक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै 

भावना पाैडेल,डडेल्धुरा। बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

भट्टको बलात्कारपछि हत्यामा उनकै सहकर्मीको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनका अनुसार प्रहरी समक्ष ती युवकले आफूले भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

आज पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल र डा खिमलालबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता