पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडाैं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)को मूल्य वृद्धि गरेको हो।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ बढेर १ सय १४ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्यपनि रु २ नै बढेर ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ।

निगमले मंगलवार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हाे।

अन्य सम्बन्धित समाचार:  आजदेखि टेलिकमको भीओएलटीई सेवा परीक्षण