जापानमा कोरोना बिरुद्धको खोप लगाउन सुरु

काठमाडौं। जापानमा कोरोनाभाईरस बिरुद्धकोखोप लगाउन शुरु भएको छ। अमेरिकि कम्पनिले उत्पादन गरेको उक्त्त खोप गत साता मात्रै जापान भित्रिएको थियो।

राजाधानी टोकियोका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवाद गरिएको हो। सरकारले २ दिन अघि मात्रै १६ बर्ष पुगेका नागरिकले खोप लगाउन सक्ने मापदन्ड तयार गरी उक्त्त खोपलाई स्वीकृति दिएको थियो।

गर्भवति महिलाहरुले पनि उक्त खोप लगाउन पाउने छैनन्। तर उनिहरुले लगाउन चाहेमा भने स्थानिय सरकारको निर्देशन अनुसार खोप लगाइने छ।

खोप लगाएपछि टाउको दुख्ने, सामान्य ज्वरो आउने, खोप लगाएको ठाउ सुन्निने, केही थकान महसुस हुने जस्ता ‘साइड इफेक्ट’ देखिने सरकारी अधिकारीहरुले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए