प्रदेश १ र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

अन्य सम्बन्धित समाचार:  राजस्व हिनामिना आरोपमा मालपोतका तत्कालीन लेखा अधिकृत पक्राउ