नेकपाको दाहाल-नेपाल समूह आजदेखि चौथो चरणको आन्दोलनमा

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्दोलनरत प्रचण्ड-नेपाल समूहले आज चौथो चरणको आन्दोलन थाल्दैछ।

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन्। भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल(नेपाल समूह आन्दोलनमा छ। यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

अन्य सम्बन्धित समाचार:  विप्लव सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड-नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।