च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले महत्वपूर्ण जित हात पारेको छ। गएराति भएको खेलमा लिभरपुलले आरबी लेइप्जिगलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहम्मद सलाह र सादियो मानेले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५३ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलको ५८ औं मिनेटमा मानेले गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो लेग आगामी ११ मार्चमा लिभरपुलको मैदानमा हुनेछ।