डब्लुएचओको अनुसन्धान टाेली वुहानबाट फर्कियो

कोरोनाभाईएरस उत्पत्तिबारे अध्ययन गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को अनुसन्धानकर्ताको टिम गत साता फर्किएको छ। स्थलगत अध्ययनपछि चीन र डब्लुएचओका वैज्ञानिकहरूले संयुक्त रूपमा रिपोर्ट बाहिर ल्याउने तयारी गरिरहेका छन्।

वैज्ञानिकहरूको टिमले चीन सरकारले दाबी गरिरहेको ‘फ्रोजन फुड’को माध्यमबाट भाइरस फैलिएको तर्कलाई समेत रिपोर्टमा समावेश गरेको छ । तर, अध्ययनका लागि कच्चा पदार्थमा अनुसन्धान गर्न चीन सरकारले अनुमति नदिएकाले डब्लुएचओको टोली निराश भएको उल्लेख छ।

डब्लुएचओको तर्फबाट अध्ययनका लागि वुहान पुगेकामध्ये पिटर दासजाक पनि एक हुन्। उनी अमेरिकाको न्युयोर्कस्थित इको–हेल्थ एलायन्सका अध्यक्ष पनि हुन्। कोभिड भाइरस जनावरसँग सम्बन्धित भएकाले टिममा उनको सहभागिता महत्वपूर्ण मानिएको थियो। पशुसम्बन्धी रोग मानवमा सर्ने प्रकृतिबारे वर्षौँदेखि अध्ययन गरिरहेका डा। दासजाकले वुहानको स्थलगत अध्ययनबाट विभिन्न जानकारी प्राप्त भएको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  थप तीन जना कोरोना संक्रमितको मृत्यु

डब्लुएचओको टोलीले सुरुमा सन् २०१९ मा भाइरस बाहिरिएको वुहानको सिफुड (सामुद्रिक खाना) बजारमा अध्ययन गरेको थियो । यद्यपि, त्यो स्थान पहिलो केस देखिएको स्थान भने थिएन, वैज्ञानिकहरूले यसको अनुसन्धान राजनीतिक तरिकाले नभई वैज्ञानिक तरिकाले गर्दा थप सहयोग पुग्ने टिप्पणीसमेत गरेका थिए।