काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सूनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा रु ११ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रति तोला रु ९० हजार ९ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा रु ११ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८९ हजार ८ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।