पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाडौंमा शुरु

काठमाडौं। नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाडौंमा शुरु भएको छ। अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे।

महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति छ। उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ।

बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ। महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागेको छ।

अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै केन्द्रीय समितिको लागि मतदान गर्ने व्यवस्था रहेकोमा यसलाई परिवर्तन गर्न लागेको हो।

अन्य सम्बन्धित समाचार:  दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जलि