भागरथी भट्टका दाईले दिए किटानी जाहेरी

बैतडी। बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएका आरोपी दिनेश भट्टविरुद्ध किटानी जाहेरी परेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध भागरथीका दाई शंकर भट्टले किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका जनाइएको छ।

भागरथीको २१ माघमा बलात्कारपछि हत्या भएको थियो। उनको शव २२ माघमा फेला परेको थियो। हत्याका आरोपी दिनेश भट्टको संलग्नताबारे बुधबार खुलेको हो।

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए