भारतमा एघार हजार छ सय भन्दा बढी जनामा संक्रमण पुष्टि

बाडमाडौं। भारतमा मङ्गलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या सम्म एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ। साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ९१३ जनाको मृत्यु भएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३६ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन्।

भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो। देशभर करिब ९० लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ। पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ। विश्वभर कोभिड–१९ बाट करिब ११ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ३० हजार व्यक्तिको ज्यान गएको छ।