नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्योः नेता श्रेष्ठ

काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढेको बताएका छन्। नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत प्रतिक्रिया दिँदै सत्ता स्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने काम भएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, देश गँभीर संकटबाट गुज्रदैछ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुनस् वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ। सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ।बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्। सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।

अन्य सम्बन्धित समाचार:  देउवा भन्छन्ः राष्ट्रपति भण्डारी केपी ओलीको सहयोगी मात्रै हुनुभयो