भागरथी भट्टको हत्याका आरोपी सार्वजनिक

काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीेले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन्। उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई मंगलवार पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए। घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले जनाए। प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ।

अन्य सम्बन्धित समाचार:  पृतनापति सम्मेलन आजबाट