बैतडी। जिल्ला अदालत बैतडीले भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जिल्ला अदालत बैतडीले बुधबार भट्टमाथि अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो।