काठमाडौं। पछिल्लो २४ घण्टामा आज देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम २ लाख ७२ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ८७ जना कोरोना संक्रमित रहेका छन् भने आज देशभर ९९ जना कोरोना संक्रमित निको भएका छन्। आज भने एक जना कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।