साताको चौथो शेयर बजार ९.९४ अंकले वृद्धि

काठमाडौं। साताको चौथो शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ। कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो। उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ। इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि आज उच्च वृद्धि भएको छ।

अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ सय ९७ रुपैयाँ कायम भएको छ। यस्तै कर्पोरेट डेभ्लपमेन्ट बैंकको ९.८९ प्रतिशतले वृद्धि भई शेयर मूल्य ७ सय २२ पुगेको छ। यस्तै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.५० प्रतिशतले शेयर मूल्य बढेको छ। कुल २ सय ३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँमा खरिदबिक्री भएको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड रुपैयाँ निकासा

नेप्सेका अनुसार, आज बैंकिङ, ट्रेडिङ, विकास बैंक, अन्य तथा मुचुअल फण्डको शेयर मूल्य बढेको छ। होटल, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा लगायतका उपसमूहमा राताम्मे भएको छ। इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.९६ प्रतिशत नाफा कमाउदा सनराइज फ्रस्ट मुचुअल फण्डले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएको छ।