विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक पक्राउ

सामूहिक

दाङ। कक्षाकोठामा विद्यार्थीलाई परीक्षामा नम्बर कम ल्याएको भन्दै कुट्ने एक जना शिक्षक पक्राउ परेका छन्। दाङको देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेको माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले बताए।

झण्डै दुई हप्ताअघि शिक्षक विकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो।विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पहाडी भूभागहरूकाे माैसममा पूर्ण बदली