काँग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव

काडमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक तीन घण्टा ढिलोगरि शुरु भएको छ। आगामी भदौमा पार्टीको महाधिवेशन मिति तय गर्नगरी बैठक अगाडि बढेको हो। प्रतिनिधिसभा विघटनपछि काँग्रेसका नेताहरु समान एजेन्डामा हिँड्न नसकेको पार्टी कार्यकर्ता तहबाटै गुनासो आइरहँदा आज सुरु भएको बैठकलाई सबैले महत्वका साथ हेरेको छ।

आजको बैठकमा पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव पेस हुने भएको छ। यद्यपि यो मितिमा केहि दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन्। पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन। केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार सबै विषयमा छलफल हुने भएकाले भोलिसम्म निर्णय आउने बताइएको छ। असारमा स्थानीय तहको अधिवेशन सक्काउने गरी महाधिवेशन तालिका तयार हुँदैछ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका चार अस्पतालद्वारा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा