काठमाडौं। भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ। भारतीय सञ्चान माध्यमका अनुसार दोषी महिलालाई मथुराको महिला जेलमा बनाइएको फाँसी घरमा झुण्ड्याइने छ। फाँसी कहिले हुन्छ भन्ने कानुन तारिख भने तय गरिएको छैन भने फाँसी घरको मर्मत तथा फन्दाको रस्सी ल्याउने आदेश दिइएको छ।
मेरठमा बस्दै आएकी पवन जल्लादले भनेकी छिन् कि मथुराको जेलका अफिसरले सम्पर्क गरिसकेका छन्। उनले भनेका छन्, ‘जतिबेला मलाई बोलावट हुन्छ , म फाँसी चढाउने महिलालाई लिन पुगिहाल्छु।’
१३ वर्ष पहिले अमरोहामा बस्दै आएकी शबनमले प्रेमीसँग मिलेर परिवारका ७ जनाको बञ्चरोले हानेर हत्या गरेकी थिइन्। राष्ट्रपतिले १५ फेब्रुअरीमा उसको याचिका खारेज गरिदिएका थिए।