इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। बुधबार राती भएको खेलमा सिटीले एभर्टनलाई ३-१ अन्तरले हराएको हो।

एभर्टनको मैदानमा भएको खेलमा सिटीका फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरे। एभर्टनका रिचार्लिसनले एक गोल फर्काए।

जितसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। सिटीको २४ खेलमा ५६ अंक छ। दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ।

एभर्टन ३७ अंकसहित सातौँ स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप महिला भलिबलमा आर्मी र एपीएफ तथा पुलिस र लुम्बिनी खेल्दै