पश्चिम बंगालमा बम आक्रमण, मन्त्री घाइते

एजेन्सी। भारतको पश्चिम बंगालमा मुख्यमन्त्री लक्षित बम आक्रमण भएको छ। बम हमालामा परि बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेन घाईते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनलाई लक्षित गरी बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा बम आक्रमण भएको थियो। मुर्सिदावादको जांगीपुरबाट एमएलएसमते रहेका हुसेन उद्यमी पनि हुन्। उनको बिंडी बनाउने कम्पनी छ।

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको हो। बम बिस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ।

उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

अन्य सम्बन्धित समाचार:  विद्यालयबाटै ३ सयभन्दा बढी बालबालिका अपहरण

सामाजिक सञ्जालहरूमा आएका बम आक्रमणका भिडिओमा हुसेन रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ मा समर्थकहरूसँग हिँडिरहेका बेला ठूलो बिस्फोट भएको थियो।

मन्त्री हुसेनमाथि भएको आक्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ। मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताए।

कंग्रेस आई र भारतीय जनता पार्टीले पनि आक्रमणको निन्दा गर्दै पश्चिम बंगालमा शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन्।

पश्चिम बंगालमा एमएलएमाथि आक्रमण हुने घटना यसअघि पनि हुने गरेका थिए। राज्यका मन्त्रीमाथि नै आक्रमण भएको पछिल्लो समयको यो पहिलो घटना हो।

पश्चिम बंगालमा अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ।