उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं। देशको पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली तथा अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज दिउँसो प्रदेश २ र वाग्मती लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी आज राती प्रदेश १ मा आंशिक बदली रही वाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खेल्ने पक्राउ